कञ्चनपुरका राना मृत्यु प्रकरण : पाँच महिनापछि दुई जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बताए । उनकाअनुसार उनीहरुलाई केही दिन अघि मात्र इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

nisarga

पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दार समेत हुन् । राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए । रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।