अत्तरिया – नेकपा एमाले कैलालीको ९औँ जिल्ला अधिवेशनका लागि गोदावरी नगरपालिकाका १२ ओटै वडाबाट सर्वसम्मतरुपमा प्रतिनिधि छनोट गरिएको छ । आज गोदावरीका १२ वडाबाट ६१ जना प्रतिनिधी सर्वसम्मत छनोट गरिएको नेकपा एमाले गोदावरी सहजकर्ता (ईन्चार्ज) गणेश जिमी साउँदले बताएका छन् ।
वडा नम्बर १ बाट ४ जना, वडा नम्बर २ बाट ६ जना, वडा नम्बर ३ बाट ३ जना,वडा नम्बर ४ बाट ३ जना, वडा नम्बर ५ बाट ३ जना, वडा नम्बर ६ बाट ३ जना सर्वसम्मत छनोट भएका छन् । त्यस्तै वडा नम्बर ७ बाट २ जना, वडा नम्बर ८ बाट १ जना, वडा नम्बर ९ बाट १ जना, वडा नम्बर १० बाट १ जना, वडा नम्बर ११ बाट १ जना र वडा नम्बर १२ बाट २ जना सर्वसम्मत छनोट भएको सहजकर्ता साउँदले बताएका छन् ।
यस्तै गोदावरीबाट दलित कलष्टरबाट २१ जना र जनजातिबाट १० जना प्रतिनिधीहरु सर्वसम्मत छनोट भएका छन् । झण्डै १९ सय बढी संगठित कार्यकर्ता रहेका गोदावरीबाट जिल्ला अधिवेशनको लागि ७८ प्रतिनिधि छनोट भएर जानेछन् ।
जसमा गोदावरीबाट हालको जिल्ला कमिटी सदस्यमा १७ जना स्वतः प्रतिनिधि हुनेछन् । नेकपा एमाले कैलालीको ९औं जिल्ला अधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुँदैछ । जिल्ला अधिवेशनको पार्टीका केन्द्रीय अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यी हुन् छनोट भएका प्रतिनिधी: