Attariya Hospital Pvt.Ltd.

दुर्गालक्ष्मी सामुदायिक वनको १४ औं साधारणसभा सम्पन्न

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको दुर्गालक्ष्मी सामुदायिक वनको साधारणसभा सम्पन्न भएको छ ।

आइतबार नगरप्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा वनको १४ औं साधारण सभा सम्पन्न भएको हो । वनकी अध्यक्ष शिवा कडायतको अध्यक्षतामा भएको साधारण सभामामा आगामी आर्थिक वर्षको लागि १५ लाख १४ हजार ८१२ रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरिएको छ ।

जसमा आयको श्रोतमा उपभोक्ता सदस्यता नविकरण शुल्क, नयाँ सदस्यता शुल्क, दण्ड जरिवाना, घाँस, दाउरा विक्री, काठ विक्री लगायतका राखिएको छ ।

Siddi ganesh

भने व्यव तर्फ कार्यालय खर्च, वन तारबार गर्ने, हेरालु तलब आदी राखिएको छ । वनले नयाँ सदस्यता शुल्क १५ हजार तोकेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.