कञ्चनपुर – कञ्चनपुरबाट लागु औषध खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा आइतबार बेलौरी नगरपालिका वडा नम्बर ०७ पौलाहबाट कैलालीको गौरीगङ्गा ०८ बडयापुर बस्ने सन्दीप किशोर सिंह र गौरीगङ्गा ०९ शङ्करपुर बस्ने जनक सापकोटालाई पक्राउ गरेको हो ।
शङ्का लागी चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट शुद्ध तौल १३ दशमलव ०६ ग्राम लागु औषध खैरो हेरोइन फेला पारी कानुन बमोजिम बरामद गरेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन् ।