देशभर बदली

Image

काठमाडौं – देशभर आज आंशिकदेखि साधारणतया बदली रहनेछ । केही पहाडी भू–भागमा छिटपुट वर्षाको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । आज गण्डकी, कर्णाली र कोसी प्रदेशका केही पहाडी भू–भागमा छिटपुट वर्षाको सम्भावना रहेको छ ।