bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

आज २९ औँ जनयुद्ध दिवश

padma
milan sunchadi

आज फागुन एक गते जनयुद्ध दिवस । तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २९ औँ जनयुद्ध दिवस मनाउँदै छन ।

विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधान सभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो ।

२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.