अत्तरिया – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डाक्टर महावीर पुन कैलालीको अत्तरिया आईपुगेका छन् । विभिन्न क्षेत्रमा पुगेर किताब बिक्री गरिरहेका पुन आज (मंगलबार) बेलुकी अत्तरिया आईपुगेका हुन् ।
भोली बिहान अत्तरिया बजारमा किताब बिक्री गरिने उनले बताएका छन् । उनी आफ्नो आत्मकथामा आधारित पुस्तक ‘महावीर पुन’ बिक्री गर्ने क्रममा देशका विभीन्न ठाउँहरुमा पुगीरहेका छन् ।
यस अघि बैतडीबाट महेन्द्रनगर जाने क्रममा माघ २१ गते महावीर पुनले अत्तरियामा केही समय किताब बिक्री गरेका थिए । इलामबाट मध्य पहाडी राजमार्ग हुँदै बैतडीबाट महेन्द्रनगर आएका डाक्टर पुन आफूले लेखेको पुस्तक महावीर पुनको बिक्री गरिरहेका छन् ।
पुनले आत्माकथा आधारित पुस्तक बिक्रीबाट आउने रकम बिरगंजमा रहेको कृषि कारखानालाई सहयोग गर्ने घोषणा गरेका छन् ।