काठमाडौं – देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहको छ ।विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।