Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा विद्युतीय अपराध सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या ६ पुग्यो

padma
milan sunchadi

धनगढी – कञ्चनपुरमा विद्युतीय अपराध सम्बन्धी मुद्दामा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने सिके भनेर चिनिने चन्द्रकान्त भट्टलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भट्टलाई आज बिहान भगतपुरबाटै पक्राउ गरिएको जिप्रकाका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए ।

Siddi ganesh

उनी नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य हुन् । चन्दकाअनुसार यसै मुद्दामा भीमदत्त नगरपालिका–१६ बस्ने पुस्कर भट्टलाई समेत पक्राउ गरिएको छ ।

शनिबार विद्युतीय अपराध सम्बन्धी मुद्दामा कञ्चनपुर प्रहरीले पत्रकार पुस्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेको थियो भने सोही मुद्दामा सोमबार थप दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

यो सँगै पत्रकार जोडिएको यो मुद्दामा पक्राउ पर्नेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.