धनगढी – कञ्चनपुरमा पत्रकारविरूद्वकाे विद्युतीय अपराध सम्बन्धि मुद्दामा प्रहरीले पक्राउ गरेका चार जनालाई छाेडिएकाे छ ।
पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरविरूद्वकाे मुद्दामा पक्राउ परेका चार जनालाई हाजिरी जमानीमा छाेडिएकाे प्रहरीले जनाएको छ ।
जिप्रकाका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले माओवादी सूदूरपश्चिम प्रदेश कमिटि सदस्य चन्द्रकान्त भट्टसहितका चार जना छुटेकाे बताए । उनकाअनुसार वडा नम्बर १६ का पुस्कर भट्ट, १८ का कर्णबहादुर चन्द र १६ का दशरथ धानुकलाई छाेडिएकाे हाे ।
उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएका कारण हाजिरी जमानीमा छाडिएको प्रहरीले जनााएकाे छ ।