महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

Image

बुटवल – कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका-१ सुरही पुल नजिकै सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार महेन्द्रनगरबाट काठमाडौ जादै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको छ । दुर्घटनाबाट ३० जना घाइते भएका र त्यसमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ ।

अन्यको कपिलवस्तुकै सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ । मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्रै सनाखत भएको बताईएको छ ।