Attariya Hospital Pvt.Ltd.

एमाले कैलालीमा पदाधिकारीका आकांक्षीले आज इच्छापत्र पेश गर्नुपर्ने

padma
milan sunchadi

धनगढी – नेकपा एमाले कैलालीको अधिवेशनका लागि बिहीबार (आज) पदाधिकारीमा आकांक्षा राख्नेलाई इच्छापत्र पेश गर्ने समय दिइएको छ ।

फागुन ६ र ७ गते घोडाघोडी नगरपालिकाको सुखडमा आयोजना हुने नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका पदाधिकारीमा आकांक्षीलाई इच्छापत्र पेश गर्ने समय दिइएको हो ।

पदाधिकारीमा आकांक्षा राख्ने, उम्मेदवारी दिने चाहाना भएकाहरुले आज साँझसम्म पार्टी कार्यालयमा जिल्ला इन्चार्जलाई सम्बोधन गरेर इच्छापत्र पेश गर्ने समय दिइएको छ।

Siddi ganesh

एमालेले अधिवेशनमा हुने अनावश्यक खर्च र नलम्बियोस् भन्ने उद्देश्यले कैलालीमा अधिवेशन उद्घाटन पूर्व नै पदाधिकारीमा इच्छापत्र माग गरिएको जनाएको छ । नवौँ जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.