कञ्चनपुरका पत्रकारद्वय प्रहरी हिरासतबाट थुनामुक्त

Image

धनगढी – कञ्चनपुरका पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवर थुनामुक्त भएका छन् ।

विद्युतीय अपराध मुद्दामा शनिबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार मध्यरातमा थुना मुक्त गरेकाे हाे ।

साेही मुद्दामा पक्राउ परेका माओवादी सुदूरपश्चिमका नेता चन्द्रकान्त भट्ट समेतका ४ जनालाई बुधबार साँझ प्रहरीले छाडेकाे थियाे ।