ऐन महरले दिए एमालेको केन्द्रीय सदस्यबाट राजीनामा

Image

काठमाडौं – नेकपा (एमाले)का नेता ऐन महरले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।

उनले केन्द्रीय सदस्यबाट दिएको राजीनामा आज बसेको सचिवालय बैठकले स्वीकृत गरेको हो ।

उनीसहित सिराज अहमद फारूकीको राजीनामा पनि स्वीकृत भएको छ ।

गएको मंसिरमा महरको भनिएको ‘यौनसम्बन्धी विवाद’को एक अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।