चोरी मुद्दाका एक फरार प्रतिबादी कैलालीको जोशीपुरबाट पक्राउ

Image

धनगढी – चोरी मुद्दाका एक फरार प्रतिबादी कैलालीको जोशीपुरबाट पक्राउ परेका छन् ।

जिल्लाको जोशीपुर गाउँपालिका-७ बस्ने मोहमद हरीफ शुक्रवार पक्राउ परेका हुन् ।

जिल्ला अदालत कैलालीको फैसलाले उनलाई १ वर्ष १० महिना १५ दिन कैद सजाय र ४० हजार ५१२ जरीवाना ठहर गरेको थियो ।

फरार रहेका हरीफलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले हिजो (शुक्रवार) दिउँसो जोशीपुर गाउँपालिका-३ कांडा बजारबाट पक्राउ गरेको जनाएको छ।