Attariya Hospital Pvt.Ltd.

गोदावरी ६ र ७ मा जग्गा नापीको काम सुरु

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा रोकिएको जग्गा नाप जाचको काम पुनः सुरु भएको छ ।

नगरपालिकाले वडा नम्बर ६ लालपुरबाट अव्यवस्थित बसोबासी, भूमिहिन दलित, भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच गर्न सुरु गरेको हो ।

जग्गा नाप जाँचको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आज (आइतबार) बिहान उद्घाटन गरेका हुन् ।

Siddi ganesh

जग्गा नाप जाँचकालागि १५ जनाको टोली खटिएको नापी शाखाका सर्वेक्षक विनोद पनेरुले बताएका छन् । ६ र ७ मा संगसंगै गरिने र सकिएलगत्तै वडा नम्बर ८ मा सुरु गरिने उनले बताएका छन् ।

यसअघि वडा नम्बर ५ सम्म नापीको काम सकिएको नगरपालिकाले जनाएको छ ।

हाल क्युव इन्फो कम्पनीले जग्गा नापीको काम गर्ने जिम्मा पाएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.