एमाले कैलालीको ९ औँ अधिवेशनको अध्यक्ष ओलीद्धारा उद्घाटन

Image

अत्तरिया – नेकपा एमाले कैलालीको ९ औँ अधिवेशनको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

घोडाघोडी नगरपालिकाको सुखडमा आजदेखी सुरु भएको अधिवेशनको अध्यक्ष ओलीले एक समारोहकाबिच उद्घाटन गरेका हुन् ।

भोलिसम्म चल्ने अधिवेशनले एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्नेछ ।

एमालेले अधिवेशन शुरु हुनु अगावै अध्यक्षसहितका पाँच पदाधिकारीमा आकांक्षीहरुलाई ३ फागुनमा इच्छापत्र पेश गर्न भनेको थियो ।

पार्टीका पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नालाई अध्यक्षसहित पाँच पदका लागि ५३ जनाले सोही दिन इच्छापत्र बुझाइसकेका छन् ।