कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

Image

धनगढी – कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

कैलारी गाउँपालिका-३ शिबरत्नपुरबाट १ ग्राम ९५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ वस्ने २८ वर्षीय युवक सुरज लौकुस्मलाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

nisarga

ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले सुरजको साथमा लागूऔषध फेला पारी उक्त पदार्थसहित उनलाई पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।