Attariya Hospital Pvt.Ltd.

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा ओभरसियरको मृत्यु

padma
milan sunchadi

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका- २ सुन्नमुन्न सडकखण्डमा ट्याक्टर दुर्घटना भएको छ।

आइतबार साँझ ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२ ००१ त १४२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषाको नारायण नगरपालिका- ५ गमरखोलीका ३२ वर्षीय राम सागर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनी सोही निर्माण सेवा कम्पनीका ओभरसियर हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो। ट्याक्टर ब्रेक फेल भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको थियो।

Siddi ganesh

ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका- १ का २८ वर्षीय बिजेन्द्र सिंह नायक फरार रहेका छन्। उनको खोजि भइरहेको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.