Attariya Hospital Pvt.Ltd.

महिला संघकी अध्यक्ष भट्टद्धारा दृष्टि फाउण्डेसनलाई सहयोग

padma
milan sunchadi

धनगढी – नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी छिन् ।

उनले आफ्ना नाति नित्यान्त भट्टको ब्रतबन्धको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी हुन् । फाउण्डेसनमा रहेका वेसहारा महिलाहरुलाई सहयोग गर्दै उनले खाना समेत खुवाएकी छन ।

आज मात्रै उनका नाति नित्यान्तको ब्रतबन्ध गरिएको हो । दृष्टि फाउण्डेसनमा आश्रित ८० जना महिलाहरुलाई भट्टले खाना खुवाएकी छिन् । उनले आफ्नो तर्फबाट दृष्टि फाउण्डेसनलाई गर्न सकिने सहयोग गर्न पनि तयार रहेको बताईन् ।

Siddi ganesh

भट्ट लामो समयदेखि नेपाली काग्रेंसको राजनितिमा सक्रिय रहदै आएकी छिन् । उनले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएकी छिन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.