कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ६ जना पक्राउ

Image
फाईल फोटो

कञ्चनपुर – कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रह्मदेब बजार स्थित बिगमबरा होटेलबाट ९.१५ ग्राम लागूऔषधसहित बरेली रसोला तालिब हुसेईन महल्ला भारत बस्ने ३५ वर्षीय रहद अहमद मंगलवार साँझ पक्राउ परेका हुन्।

अहमदलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय ब्रह्मदेब, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यस्तै कृष्णपुर नगरपालिका-७ रेलडण्डि कलुवापुरबाट २१.६३ ग्राम लागुपदार्थ (चरेश) र ५० मिलिग्राम (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ। चुनारालाई ईलाका प्रहरी कार्यालय रैकवार विचवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

त्यस्तै कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। उपमहानगरपालिका-२ त्रिनगरबाट ६८० मिलिग्राम लागूऔषधसहित सोही ठाउँ बस्ने ३९ वर्षीय सविन दाहाल र धनगढी उपमहानगरपालिका-१ बस्ने बर्ष २६ वर्षीय विवेक गुप्तालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट मोटरसाईकल १ थान समेत प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित दुबै जनालाई पक्राउ गरेको हो।

यसैगरी कैलारी गाउँपालिका-३ शिबरत्नपुर स्थित जङगलबाट २ ग्राम २८० मिलिग्राम लागूऔषधसहित सोही ठाउँ बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरीलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो।

यी दुबै जनालाई ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो। पक्राउ परेका चारै जनमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।