Attariya Hospital Pvt.Ltd.

एमाले कैलाली अधिवेशन : आज २ बजे देखी मतदान

padma
milan sunchadi

अत्तरिया – नेकपा एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ । आज २ बजे देखी मतदान हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए ।

यसअघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा १० बजे देखी मतदानको समय निर्धारण गरिएको थियो ।तर, प्राविधिक तयारी नभएको भन्दै हिजै राति आज बिहान सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

अहिले बिहान अर्काे तालिका जारी गर्दै दिउसो २ बजे देखी ५ बजे सम्म मतदान हुने बताइएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन गरेर अहिले उम्मेदवारी दर्ता भइरहेको प्रमुख निर्वाचन अधिकृत जोराले बताए ।

Siddi ganesh

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन् । जोशीले आफ्नो टिम नै सार्वजनिक गरिसके भने अन्य उम्मेदवारहरूले भने टिम औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् ।

satyawati

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.