चुरेमा सडक खन्दा विस्फोट

Image
फाइल तस्वीर
maya metro

अत्तरिया – कैलालीको चुरेमा विस्फोट भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा बाटो मर्मत गर्ने क्रममा विस्फोट भएको हो।

भीमदत्त राजमार्गम मर्मतका लागि डोजरले खन्दा विस्फोट भएको प्रहरीले बताएको छ।

nisarga

विस्फोटका कारण डोजरका चालकसहित तीन जना घाइते भएका छन्। विस्फोट भएको बस्तुको विषयमा भने खुलेको छैन। प्रहरी घटनास्थल तिर गएको बताईएको छ ।