Attariya Hospital Pvt.Ltd.

देशैभर मौसम बदली

padma
milan sunchadi

काठमाडौं – देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । आज देशका धेरै स्थामा बदली र पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

Siddi ganesh

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.