Attariya Hospital Pvt.Ltd.

सात दिनभित्र सम्पर्कमा आउन १८ प्रहरीलाई प्रधान कार्यालयको निर्देशन

padma
milan sunchadi

काठमाडौं – नेपाल प्रहरीले गैरहाजिर रहेका १८ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी एक सहायक निरीक्षक, एक वरिष्ठ हवलदार, तीन सहायक हवलदार र १३ जवानलाई तत्काल सम्पर्कमा आउन भनेको हो।

nawajiwan

उनीहरू एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेको भन्दै बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको छ।

Siddi ganesh

अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.