Attariya Hospital Pvt.Ltd.

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित तीनजना पक्राउ

padma
milan sunchadi

कैलाली – कैलालीको टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । बुधबार प्रहरीले विभीन्न क्षेत्रबाट लागूऔषधसहित तीनजना पक्राउ गरेको हो ।

टीकापुर नगरपालिका-१ स्थित एयरपोर्टबाट ९८० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका २३ वर्षीय आरोन थापा बुधवार साँझ पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट लागूऔषधसहित गोदावरी र बैतडीका युवक पक्राउ परेका छन्।

Siddi ganesh

पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट ४४० मिलिग्राम लागूऔषधसहित भारतको बसहीबाट नेपाल तर्फ आउदै गरेको कैलालीको गोदावरी नगरपालिका-८ स्याउले बस्ने २१ वर्षीय बिरेन्द्र कठायतलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

यस्तै पुनर्वास नगरपालिका-११ डोकेबजारबाट १ ग्राम ७७० मिलिग्राम लागूऔषधसहित भारतबाट नेपाल तर्फ आउदै गरेको बैतडी पाटन नगरपालिका-६ बस्ने २६ वर्षीय कमल भण्डारीलाई बुधवार साँझ पक्राउ गरेको हो। यी दुबै जनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.