Attariya Hospital Pvt.Ltd.

तिघ्रामा लुकाएर ल्याएको लागुऔषधसहित एक युवक पक्राउ

padma
milan sunchadi

सिरहा प्रहरीले तिघ्रामा टेपले बाँधेर ल्याएको प्रतिबन्धित लागुऔषधसहित लहानका एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राती करिब ८ बजेतिर भारतबाट पैदल हिँडेर आउँदै गरेका लहान नगरपालिका २१ का करिब २३ वर्षीय सोनुकुमार साहलाई भगवानपुर ४ ठाढीबाट तिघ्रामा लुकाएर ल्याएको २७ थान प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको हो ।

प्रहरी चौकी ठाढीबाट खटिएको गस्ती टोलीले शंका लागेर साहलाई रोकी चेकजाँच गर्ने क्रममा दुवै तिघ्रामा टेपले बाँधी ल्याएको लागूऔषध बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Siddi ganesh

प्रहरीका अनुसार तिघ्रामा लुकाएर ल्याएको नौ÷ नौ थान नाईट्रोजन, फेनारगन र क्राफिन बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.