अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) गोदावरी नगर कमिटिले अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणको सत्यतथ्य पत्ता लगाई दोषीमाथी कारबाही गर्न माग गरेको छ ।
राप्रपा गोदावरीले उत्त माग राख्दै हिजो (बधुबार) कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा हालसम्म कुनैपनि तथ्य बाहिर नआएको र सम्पर्कमा नरहेका दुई अध्यक्षलाई खोज्न समेत प्रशासन उदासिन देखिएको उल्लेख गरिएको छ ।
त्यसैगरी गोदावरी नगरपालिकाले गरिहेको नदीजन्य पर्दाथ उत्खनन् पनि विधीजन्य नभएको उत्त कार्य रोकि कारबाहि अगाडि बढाउन पनि राप्रपा गोदावरीले माग गरेको छ ।