अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मा यहि फाल्गुन २५ गतेदेखी नापी सुरु हुने भएको छ ।
वडा नम्बर ८ को कार्यालयले आज एक सूचना जारी गर्दै फाल्गुन २५ गतेदेखी नापी सुरु हुने जनाएको हो ।
नापी २५ गते देखि सुुरु हुने भएकोले सम्बन्धित व्याक्तिहरुले नाप नक्सा हुँदाको समयमा आ–आफ्नो नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सा लिई उपस्थित भई आफुले आावाद कमोत गरेको जग्गाको साँध सिमाना घुमी देखाई सहयोग गर्न समेत वडा कार्यालयले अनुरोध गरेको छ । हाल वडा नम्बर ६ र ७ मा नाप नक्साको काम भईरहेको छ ।