
धनगढी – नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशनअन्तर्गत मतदान जारी छ।
मतदान आज बिहान ८ बजेबाट सुरू भएको हो। कैलाली जिल्लाको आगामी नेतृत्वका लागि डेजी पाण्डे, यज्ञराज ढुंगाना र दुर्गाप्रसाद जोशी प्रतिस्पर्धामा छन्। १५० सदस्यीय जिल्ला कमिटीका लागि ४८० जना प्रतिस्पर्धामा छन्।

अध्यक्षमा तीन, उपाध्यक्षमा चार, सचिवमा तीन जना प्रत्यासी छन्। त्यस्तै महिला उपसचिवमा पाँच र पुरूष उपसचिवमा चारजना प्रतिस्पर्धामा छन्।
कैलालीको नवौं अधिवेशन फागुन ६ गतेबाट सुरू भएको हो। अधिवेशनमा ५ सय ९३ जना प्रतिनिधि छन्। दिउसो १ बजेसम्मका लागि मतदानको समय तोकिए पनि मतदान नसकिने देखेपछि निर्वाचन अधिकृतको कार्यालयले बेलुकी ६ बजेभित्र मतदान स्थल प्रवेश गरिसक्न सबै प्रतिनिधीलाई आग्रह गरेको छ ।