बझाङ प्रदेशसभा–१ मा वैशाख १५ गते उपनिर्वाचन हुने

Image
maya metro

धनगढी – सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ। आज (आइतबार) बसेको निर्वाचन आयोगको बैठकले वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो।

बझाङ–१ मा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो।

nisarga

आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ।

इलाम– २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङका निधन भएपछि उक्त स्थान रिक्त भएको थियो। संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो।