Attariya Hospital Pvt.Ltd.

एमाले कैलालीको अधिवेशनमा गोदावरीबाट उपसचिव सहित २२ जना निर्वाचित

padma
milan sunchadi

अत्तरिया – नेकपा एमालेको ९औँ जिल्ला अधिबेशनबाट गोदावरी नगरपालिकाबाट एक पदाधिकारी सहित २२ जना जिल्ला कमिटी सदस्यमा निर्बाचित भएका छन् ।

जिल्ला कमिटी उप-सचिवमा गंगा कुमारी चौधरी निर्वाचित भएकी छन भने खुल्ला सदस्यमा आनन्द भट्ट, भिष्म सुवेदी, टेक बहादुर बुढा, टिकाराम आचार्य र लाहानु चौधरी निर्बाचित भएका छन् ।

यस्तै भूगोल सदस्यमा गम मिजार, गणेश जिमि साउँद, जीवन शाह, नैन सिँ कार्की, योगेन्द्र सिँह र बल बहादुर चौधरी निर्बाचित भएका छन् भने भूगोल महिला सदस्यमा ईश्वरा आचार्य, खिमा देबी साउँद, संगिता देबी बिश्वकर्मा र डम्मा खड्का निर्बाचित भएका छन् ।

Siddi ganesh

त्यस्तै भुगोल युवा तर्फ गणेश महरा र लोकेन्द्र धामी जिल्ला कमिटी सदस्यमा निर्बाचित भएका छन् ।

यस्तै लेखा समितिको संयोजकमा रामचन्द्र जोशी र सदस्यमा बालकृष्ण भट्टराई निर्बाचित भएका छन् । त्यस्तै जिल्ला युवामा सुद्धीराम चौधरी र श्रमिकबाट हिरा विष्ट निर्वाचित भएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.