धनगढी – धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान गरिएको छ । भन्सारदेखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको हो । स्ट्रीप लाइट र विमानस्थल रोडमा जडान गरिएको स्ट्रीट लाइटको आइतवार साँझ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
उपमहानगरपालिकाले आफ्नो लगानीमा विमानस्थल सडकमा ५६ वटा सडक बत्ती जडान गरेको छ । यसैगरी, ६ लेन सडकको २६५ पोलमा स्ट्रीप लाइट जडान गरिएको छ। ६ लेन सडकको १४० वटा ट्रीगार्डमा पनि स्ट्रीप लाइट जडान गरिएको छ ।
विमानस्थल सडकमा करिब १० लाखको लागतमा सडक बत्ती जडान गरिएको र ६ लेन सडकमा ३१ लाखको स्ट्रीप लाइट जडान गरिएको नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन् ।
उनले करिब ३ लाख लागतमा भन्सारमा गेटमा फ्लोड लाइट जडान भएको बताइन् । ६ लेन सडकमा जडान गरिएको स्ट्रीप लाइटले रात्रिकालिन सौन्दर्य बढाएको छ ।