अत्तरिया – स्थानीय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना डोटीले आयोजनामा स्थानीय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धी धनगढीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक तथा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा नेपाल नगरपालिका संघ केन्द्रिय संमिति, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र केन्द्रिय समितिको समन्वयमा फागुन १८ र १९ गते अन्तरक्रियाको आयोजना गरिएको हो।
कार्यक्रममा आन्तरिक मामिला मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, आर्थिक मामिला मन्त्री नरेश कुमार साही, उद्योग पर्यटन वन तथा वातावारण मन्त्री रमेश सिंह धामी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी संगै प्रदेश सभा विपक्षी दलका नेता राजेन्द्र सिंह रावल जिला समन्द्रय समिति महासंघ, सुदूरपश्चिम प्रदेश समितिका संयोजक गगन सिंह भण्डारी लगाएतका सरोकारवाला व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
स्थानीय सरकार संचालन र व्यवस्थापनमा सहजता लाई प्रभावकारी सेवा प्रवाह, विकास, जवाफदेहिता र सुशासन मार्फत नागरिकहरूलाई सन्तुष्टि पार्न स्थानीय सरकारका प्रतिनीधिहरुको क्षमता अभिवृद्धि गर्नको निम्ती कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक गेहेन्द्र बमले बताए ।
कार्यक्रममा महालेखा परिक्षणको भूमिकाः स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन (PFM) प्रणालीको सुधार र नेतृत्वको भूमिका, माननीय मन्त्री सँग पालिका अध्यक्ष तथा प्रतिनिधिद्वारा प्रश्नोत्तर र छलफल, नेतृत्व विकास (leadership development): अवधारणा र महत्व, स्थानीय सरकार संचालनमा गाउँ/नगर सभा तथा कार्यपालिका बैठक संचालन प्रक्रिया, सभा र कार्यपालिकामा समितिगत प्रणाली तथा समितिहरुको क्रियाशीलतामा नेतृत्वको भूमिकाबारे NARMIN/MUAN बाट प्रस्तुतिकरण, स्थानीय सरकार संचालनमा नेतृत्वले लिनु पर्ने छलफल, प्रश्रोतर प्रमुख नीतिगत निर्णयहरु र निर्णय लिने प्रक्रिया, भूमिका र जनप्रतिनिधि र कर्मचारी बीचको अन्तर सम्बन्ध लगायतका प्रस्तुती रहेका थिए ।