कैलाली–कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ

Image
फाईल फोटो

धनगढी – कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित एकै दिन चार जना पक्राउ परेका छन्। शनिवार कैलालीबाट तीन र कञ्चनपुरबाट एक युवक पक्राउ परेका हुन्।

प्रदेश प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट ३२६ वर्षीय सुवास गौतम पक्राउ परेका छन्। बर्दियाको राजापुर नगरपालिका–१० का गौतम ११० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। इलाका प्रहरी टीकापुरको टोलीले उनलाई पक्राउ गरेको हो।

2 ad new year 1

कैलालीको जानकी गाउँपालिका–७ बाट २० वर्षीय विनायक चौधरी र विक्रम ओड लागुऔषधसहित पक्राउ परेका छन्। उनीहरूको साथबाट तीन सय मिलिग्राम लागुऔषध फेला परेको छ। शनिवार साँझ इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बाट २८ वर्षीय नविन सुनार पक्राउ परेका छन्। शनिवार साँझ उनी २३ मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट, कलुवापुरको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक थान मोटरसाइकलसमेत बरामद गरेको छ।