Attariya Hospital Pvt.Ltd.

बेलौरीबाट एक किशोरीको उद्धार

padma
milan sunchadi

कञ्चनपुर – शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा कञ्चनपुरको बेलौरीबाट एक किशोरीको उद्धार गरेको छ ।

भारतको लखिमपुर खिरी चन्दन चौकी थाना पर्सिया गाउँ बस्ने १७ वर्षीया एक किशोरीको उद्धार गरी नेपाल प्रहरी मार्फत परिवारजनको जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीका परामर्शदाता नितु बिष्टले बताए ।

उनका अनुसार, भारतको पिलिभित पुरनपुर थाना हजारा गाउँ बस्ने २७ वर्षीय युवकसँग सीमा क्षेत्रमा भेटेपछि शङ्का लागी सोधपुछ गरिएको थियो ।

Siddi ganesh

त्यस क्रममा किशोरीको परिवारसँग फोनमा कुराकानी हुँदा ती किशोरी केही दिन अघिदेखि हराइरहेको र खोजतलासका लागि उनको परिवारले भारतीय सुरक्षा निकायमा निवेदन समेत दिएको जानकारी पाएपछि सशस्त्र प्रहरी बलको सहयोगमा युवक र किशोरीलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछपछि इलाका प्रहरी कार्यालय बेलौरीमार्फत किशोरीका परिवारको जिम्मा लगाइएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.