सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका मन्त्री शाही बर्खास्त

Image

धनगढी – सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीलाई बर्खास्त गरिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीलाई मन्त्रीबाट हटाइएको हो ।

केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई पनि हटाएको जनाइएको छ । यस अघि माओवादीका तीन मन्त्रीलाई हटाइएको थियो ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।