आज महाशिवरात्रि, भगवान् शिवको पूजा–आराधना गरिँदै

Image

काठमाडौं – आज फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व मनाइँदै छ।

हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ।

भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन्। यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा छ। भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ।

महाशिवरात्रिको अवसरमा देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।