bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा अपराध अनुसन्धानका लागि छुट्टै टाेली गठन

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अपराध अनुसन्धानका लागि छुट्टै टाेली गठन गरेका छन् । तत्कालीन डीआईजी भरतबहादुर बाेहराले प्रदेश अनुसन्धान समूह (आरआईटी) खारेज गर्दै पुर्नगठन गरेकाे पृष्ठभूमिमा आरआईटीलाई खारेज गर्दै अहिलेका डीआईजी केसीले प्रोभेन्स इन्टेलिजेन्स टीम नाम दिएर छुट्टै टाेली गठन गरेका हुन् ।

उनले प्रहरी नायब निरीक्षक (सई) काे नेतृत्वमा चार जना प्रहरी कर्मचारी रहनेगरि प्रोभेन्स इन्टेलिजेन्स टिम(पिआईटी) गठन गरिएको जानकारी दिए । उक्त टाेलीले प्रदेशका अपराध अनुसन्धान, सहायता र अनुगमन, लागुऔषध, चाेरी तस्करी नियन्त्रण र कानुन कार्यान्वयनमा काम गर्ने केसीले बताए । पिआईटीमा प्रदेशमा उपलब्ध भएसम्म अपराध अनुसन्धानमा विज्ञ, आईटी विज्ञ र सहयाेगी प्रहरीलाई समावेश गरिएको उनी बताउँछन् ।

उक्त टाेलीलाई प्रदेशभरकाे अनुसन्धानकाे दिशा कसरी गइरहेको छ ? भनेर अनुगमन गर्ने तथा परामर्श दिने अधिकार समेत दिइएको छ । आवश्यकताअनुसार पिटीआईकाे स्तर बृद्वि गर्दै लगिने समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Siddi ganesh

विगतमा प्रदेश प्रहरी कार्यालयले प्रदेश अनुसन्धान समूह (आरआईटी) गठन गरेकाे थियाे । तर केसी भन्दा अघि प्रदेश प्रहरीकाे नेतृत्व गरेका डीआईजी बाेहराले आरआईटी खारेज गरेका थिए । लगत्तै पुर्नगठन गरेपछि आफू अनुकुलका प्रहरी राखेकाे आराेप लागेकाे थियोे ।

केसी प्रदेश प्रहरीकाे प्रमुख भएर आएपछि आरआईटीमा कार्यरत प्रहरी कर्मचारीकाे काम सन्ताेशजनक नदेखिएपछि जिम्मेवारी हेरफेर गरेका थिए । जिम्मेवारी हेरफेर गर्दा समेत परिणाम नदेखिएपछि खारेज गर्दै पीटीआई गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.