अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेबाट अवैध रक्सी बरामद गरिएको छ ।
अस्थाई प्रहरी बिट स्याउलेको टोलीले आज ( शनीबार ) बिहान अवैध रक्सी बरामद गरेको हो ।
स्थानीय हरिना मगरको घरबाट झण्डै एक हजार दुई सय लिटर अवैध घरेलु रक्सी बरामद गरिएको अस्थाई प्रहरी बिट स्याउलेले जनाएको छ ।
उत्त रक्सी जनप्रतिनिधी,स्थानीय लगायतको रोहबरमा अस्थाई प्रहरी बिट स्याउलेमा नष्ट गरिने जनाईएको छ ।