कैलालीमा जंगली बदेल र चित्तलको मासु बरामद

Image

धनगढी – कैलालीमा जंगली बदेल र चित्तलको जस्तो देखिने मासु बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–१३ बाट ६१ किलो मासु नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले आइतवार बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु फेला पारेको हो।

जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ६१ किलो मासु बरामद गरिएको प्रवक्ता चन्दले बताए।

बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको छ।