कैलालीबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ

Image
maya metro

धनगढी – कैलालीबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चोरि मुद्दामा १० दिन कैद सजाय र १ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–११ बस्ने डम्बर राना, चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भएका टीकापुर नगरपालिका–९ बस्ने किरन चौधरी र लागुऔषध मुद्दामा २ हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका–६ बस्ने बिजय शाही रहेका छन्।

nisarga

यस्तै वन मुद्दामा ८१ हजार १०१ जरिवाना ठहर भएका टीकापुर नगरपालिका–३ बस्ने दिलबहादुर भुल, बाल यौन दुर्व्यवहार मुद्दामा २ महिना ८ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–४ बस्ने जगत कुँवर र चोरी मुद्दामा २२ दिन कैद सजाय र ११ हजार ३९० जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–८ बस्ने कमल पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीहरुलाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको चन्दले जानकारी दिएका छन्।