Attariya Hospital Pvt.Ltd.

१५ किलो गाँजासहित एक जना पक्राउ

padma
milan sunchadi

रौतहट – रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष सूचनाको आधारमा १५ किलो भन्दा बढी लागुऔषध गाँजा सहित एक जना युवकलाई पक्राउ गरेको छ।

प्रहरी टोलीले चन्द्रपुर नगरपालिका १ नुनथर स्थित बोरा बोकेर सिन्धुलीबाट पौराई तर्फ गईरहेका चन्द्रपुर १ का वर्षका ३७ को साने भन्ने सन्त तामाङलाई चेकजाँचको क्रममा अवैध लागु औषध गाँजा १५ किलो ४०० ग्राम सहित सोमबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

उनको साथबाट भिभो कम्पनीको मोबाइल १ थान, नगद ४० हजार बरामद भएको तथा आवश्यक कारबाहीको लागी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखी अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.