राप्रपा नेपालको जनप्रदर्शन आज

Image

काठमाडौं – हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनालगायतका माग राख्दै राप्रपा नेपालले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।

दिउँसो साढे १ बजे काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बृहत जनप्रदर्शन कार्यक्रम राखिएको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए।

भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दुराष्ट्र र राजासंस्था पुनःस्थापना, प्रदेश संरचना खारेजी र मिटरब्याज, लघुवित्त र सहकारीपीडितका समस्या समाधानका लागि दबाब दिन प्रदर्शन गर्न लागिएको राप्रपा नेपालले जनाएको छ।