कञ्चनपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

Image

 कञ्चनपुर – कञ्चनपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–४ वेलकुण्डीबाट बन्दुकसहित ४४ वर्षीय मोहन राना पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय झलारीको टोलीले रानालाई बिहिवार साँझ घरबाटै पक्राउ गरेको हो।

घरमा लुकाएको बन्दुकसहित रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।