प्रदेश प्रमुख नजीर मियाँले गरे पदभार ग्रहण

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाँले पदभार ग्रहण गरेका छन्। उनले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि उनले प्रदेशको काम इमान्दारिताका साथ गर्ने प्रतिवद्धता गरे। मियाँले आफूले सुदूरपश्चिमबाट जाँदा सबैले राम्रो काम गर्‍यो भन्ने वातावरण बनाउन कोसिस गर्ने बताए।

nisarga

नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्व अध्यक्षसमेत रहेका नजीर मियाँ, लोकतान्त्रिक गणतन्त्रको मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख हुन्।