कैलालीमा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

Image
maya metro

धनगढी – कैलालीको कट्टीपुरमा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको प्र.३००१ ख. ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो।

जिल्लाको मुडा र बौनियाको बिच कट्टीपुरमा आगलागी भएको प्रहरी जनाएको छ। आगलागीबाट लाइटर खुर्सानी जलेर नष्ट भएको छ।

nisarga

यसका साथै ट्रकमा समेत ठूलो क्षति पुगेको छ। अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको छ। आगलागीको कारण भने खुलेको छैन्।

आगो नियन्त्रणमा आइसकेपनि क्षतिको पूर्ण विवरण आएको छैन्।