कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ

Image
maya metro

धनगढी – कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-३ कटानपुरबाट २४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने १९ वर्षीय समिर चौधरीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

nisarga

चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यसैगरी धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट २ ग्राम ८५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित गोदावरी नगरपालिका-४ बस्ने २२ वर्षीय बिशाल ऐडीलाई पनि शनिवार साँझतिर प्रहरीले पक्राउ गरेको हो।