आगलागीपछी बन्द गरिएको कर्णाली पुलमा सवारी आवागमन खुला

Image

धनगढी – कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आजदेखि सवारी साधन आवागमन खुला गरिएको छ ।गत सोमबार साँझ लाइटर बोकेको ट्रकमा आगो लाग्दा सामान्य क्षति भएको उक्त पुल झण्डै एक सातापछि सञ्चालनमा आएको हो ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली पुलमा गाडी सञ्चालन गर्न मिल्ने कि नमिल्ने भन्नेबारे प्राविधिक टोलीको अध्ययनपछि मर्मत गरेर सवारीसाधन संचालनमा आएको हो ।आगलागीबाट पुलको बर्दियातर्फको भागमा क्षती पुगेको थियो । सडकको पाप्रा नै उप्किएकाले एकातिरको भाग मर्मतपछि सवारीसाधन शुचारु गरिएको हो ।

त्यस्तै ट्रकमा लागेको आगो पुलका लठ्ठाहरुमा समेत सल्किएपछि ती लठ्ठाहरुको मर्मत कार्य सकिएकाले सवारीसाधन खुला गरिएको सडक डिभिजन कार्यालय नेपालगंजका इन्जिनियर निरज शाक्यले जानकारी दिएको छ । पुल बन्द हुँदा सुदूरपश्चिम प्रवेश गर्ने र बाहिरिने गाडीहरू हुलाकी राजमार्ग हुँदै चलिरहेका छन् । गत सोमबार दिउँसो वीरगञ्जबाट महेन्द्रनगरतर्फ गइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रक पुलमाथि रहेका बेला एक्कासी आगलागी भएको थियो ।