Attariya Hospital Pvt.Ltd.

एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

padma
milan sunchadi

काठमाडौं – नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भएकी छन्।

पार्टीको नवौँ जिल्ला अधिवेशनबाट बुढा सर्वसम्मत अध्यक्ष निर्वाचित भएकी हुन्। अधिवेशनबाट उपाध्यक्षमा जनकराज अवस्थी चुनिए।

यसै गरी सचिवमा पल्लवराज भट्ट निर्वाचित हुँदा उपसचिवमा अशोक चन्द र राजीव खड्का निर्वाचित भए। पाँच दिनसम्मको सहमतिको प्रयासपछि सर्वसम्मत नेतृत्व चयन भएको हो।

Siddi ganesh

अध्यक्ष मण्डलले साेमबार राति सर्वसम्मत घाेषणा गरेका पदाधिकारीले राति नै पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन् । उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे उपस्थितिमा निर्वाचन आयाेगका केन्द्रीय सदस्य मनाेज खड्काले सपथ खुवाएका थिए ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.